२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

क्रिष्टल फाइनान्स खारेज

क्रिष्टल फाइनान्स खारेज

1K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज सोमबार एक सूचना जारी गरेर २०५८साल  फागुन ८ मा प्रदान गरिएको इजाजत पत्र बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन, २०७३ को दफा ८० को उपदफा (२) बमोजिम खारेज गरिएको जानकारी सम्पूर्ण  सरोकारवालालाई जानकारी गराएको छ ।  निर्णय भएको साढे ६ वर्षमा बल्ल क्रिष्टल फाइनान्सको खारेजी प्रक्रिया पूर्ण भएको छ अर्थात अब क्रिष्टल फाइनान्स खारेज भएको छ । नेपाल राष्ट्र बैंकले २०७१ कात्तिकमा फाइनान्सलाई खारेज गर्न अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको थियो । २०६९ सालमै समस्याग्रस्त घोषणा भई शिघ्र सुधारात्मक कारबाही अघि बढाएको फाइनान्स नसुध्रिएपछि यसलाई खारेज गर्ने निर्णय बैंकले गरेको हो ।

अदालतले दुई वर्ष अघि नै खारेजीको आदेश दिए पनि आदेशको पूर्ण पाठ नआउँदा त्यो प्रक्रिया अघि बढ्न सकेको छैन । अदालतको आदेशको पूर्णपाठ आएसँगै  क्रिष्टल फाइनान्स खारेजी गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij