२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौं उपत्यकामा १७२ सहित थप ६४१ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा १७२ सहित थप ६४१ जनामा कोरोना संक्रमण

1.8K
Shares

काठमाडौं– २४ घण्टामा देशभर ६४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै १७२ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको जानकारी दिए ।
यस्तै हालसम्म निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ भने मृतकको संख्या १०४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij