२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौं उपत्यकामा यी १० गतिविधि निषेध

काठमाडौं उपत्यकामा यी १० गतिविधि निषेध

5.8K
Shares

काठमाडौं – काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि तीन वटै जिल्ला प्रशासन कार्यालयले केही तिविधिमा रोक लगाएका छन्।
काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले संक्रमणको जोखिम बढे पनि भीडभाड गर्ने, भेला हुने, जुलुस गर्ने लगायतका क्रियाकलाप हुन थालेको भन्दै केही आदेश जारी गरेको हो।
शुक्रबार बसेको तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १० बुँदे आदेश जारी गरेको छ।
सो आदेश शुक्रबार राति १२ बजे देखि भदौ १५ गते राति १२ बजेसम्म लागू हुनेछ। आदेशको उल्लंघन गरे स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम कारबाही हुने ।
उक्त दफामा उल्लेख छ, ‘आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रहरीले गिरफ्तार गर्नेछ। गिरफ्तार गरिएका व्यक्तिलाई तुरून्त प्रहरीले प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्नुपर्नेछ। प्रमुख जिल्ला अधिकारीले ती व्यक्तिलाई उपयुक्त सम्झेको संक्षित कार्यविधि अपनाई एक महिनासम्म कैद वा एक हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्नेछ र उक्त सजायको आदेश उपर उच्च अदालतमा पुनरावेदन लाग्नेछ।’

प्रशासन कार्यालयले निषेध गरेका गतिविधिहरु

  • खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न।
  • भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव संचालन गर्न।
  • दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु।
  • उद्योग व्यापार, व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरितका क्रियाकलापहरु।
  • चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु।
  • शैक्षिक संस्थाहरु संचालन गर्न।
  • सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरजन स्थल, शैलून, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना संचालन गर्न।
  • फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा, साइकलमा संचालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न।
  • उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकरकामदारको ओसार पसार गर्न।
  • टेक वे बाहेक होटल, रेस्टुराँ सञ्चालन गर्न।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij