२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पहिरो जाँदा १३ जना बेपत्ता

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पहिरो जाँदा १३ जना बेपत्ता

1.8K
Shares

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा परेर १३ जना सम्पर्कविहिन भएका छन् । पहिरोले पुरिएका १३ घरमध्ये पाँच परिवारका १३ जना सम्पर्कविहीन भएका छन् ।
पहिरोले घरमा पुरिएका आफै निस्कन सक्ने स्थानिय निस्केर लप्सेचौरमा सुरक्षित ठाउँमा गएर बसेका छन् । पहिरोको कारण ३० घर जोखिममा परेको बताइएको छ ।
घटनास्थलबाट ७ किलोमिटर टाढा झिर्कुबाट नेपााली सेनाको टोली उद्धारका लागी घटनास्थल तर्फ जाँदै छ । कात्तिके र जलविरेबाट प्रहरी पनि घटनास्थल तर्फ जाँदै छ ।
सभामुख अग्निप्रसाद सापकोटा नेपाली सेनाको हेलिकप्टरमा त्यसतर्फ लागेका छन् । उद्धारका लागी अरु तीनवटा हेलिकप्टरबाट सुरक्षाकर्मीलाई त्यसतर्फ पठाउन लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij