२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माछापुच्छ्रे बैंकको ‘वी च्याट वालेट’को भुक्तानी सेवा सुरु

माछापुच्छ्रे बैंकको ‘वी च्याट वालेट’को भुक्तानी सेवा सुरु

1.6K
Shares

काठमाडौं – माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलोपटक वी च्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ। माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनियाँ पर्यटकहरुलाई लक्षित गर्दै वी च्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो।

उक्त सम्झौतापछि नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकसंग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा किनेवापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरेर वी च्याट वालेटबाट भुक्तानी गर्नसक्ने बताइएको छ।

माछापुच्छ्रे बैंकले फस्ट पे टेक्नोलोजी प्रा.लीसंगको सहकार्यमा उक्त वी च्याट वालेट संचालनमा ल्याएको हो। यो बैंकको १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मेसिन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij