२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बर्दियामा थप तीन दिन निषेधाज्ञा

बर्दियामा थप तीन दिन निषेधाज्ञा

1.4K
Shares

राजापुर (बर्दिया) – बर्दियामा जारी निषेधाज्ञा तीन दिनका लागि थप भएको छ । कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन नदिन यही साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।

बैठकले मुक्तिनाथ विकास बैंक गुलरिया र सिटिजन्स बैंक बढैयातालका केही कर्मचारीमा कोरोना देखिएकाले त्यहाँका कर्मचारीको तत्काल पीसीआर परीक्षण गराउने र त्यसको नतिजा प्राप्त नहुँदासम्म बैंक बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी नारायणप्रसाद ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij