२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लक्ष्मी बैंकले विस्तार गर्‍यो २ नयाँ एक्सटेन्सन काउण्टर

लक्ष्मी बैंकले विस्तार गर्‍यो २ नयाँ एक्सटेन्सन काउण्टर

1.3K
Shares

काठमाडौं – लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो छैटौं र सातौँ एक्सटेन्सन काउण्टर दोलखामा स्थापना गरेको छ । बैंकले छैटौं एक्सटेन्सन काउण्टर दोलखाको तामाकोशी गाँउपालिका–वडा न. ३, जाफेमा स्थापना गरेको छ भने सातौँ एक्सटेन्सन काउण्टर कालिञ्चोक गाँउपालिका–वडा न. ८, सुनखानीमा स्थापना गरी संचालनमा ल्याएको छ ।

यी २ नयाँ एक्सटेन्सन काउण्टरका स्थापनासँगै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ७ एक्सटेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंंकिङ एजेन्टहरु पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij