२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकको नाफा १ अर्ब ११ करोड

सिटिजन्स बैंकको नाफा १ अर्ब ११ करोड

965
Shares

काठमाडौं– सिटिजन बैंक इन्टरनेशनलले गएको आर्थिक वर्षभर १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ। आर्थिक वर्ष २०७६/७७ को अन्तिम त्राइमासको वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो वर्षको तुलनामा न्यून भएको हो। उच्च नोक्सानी व्यवस्थापनका लागि खर्च गर्नुपर्दा नाफामा गिरावट आएको बैंकले प्रष्ट पारेको छ। बैंकले अघिल्लो वर्ष १ अर्ब ४६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

बैंकको वितरणयोग्य नाफा भने ८२ करोड ४० लाख रुपैयाँमात्र ५। निक्षेप संकलन, ऋण परिचालन तथा ब्याज आम्दानी बढेपनि बैंकको सञ्चालन मुनाफा पनि अघिल्लो वर्षको तुलनामा घटेको छ।

२५ प्रतिशतले निक्षेप बढाएर ८८ अर्ब संकलन गरेको बैंकले २५ प्रतिशतले नै बढाएर ७९ अर्ब ऋण परिचालन गरेको छ। बैंकको ब्याज आम्दानी ७ प्रतिशतले बढेको छ भने दिने ब्याज पनि २ प्रतिशतले बढेको छ। बैंकको नोक्सानी व्यवस्थापनका लागि भने यो वर्ष ६७ करोड खर्च भएको छ। बैंकको खराब कर्जा १.४६ प्रतिशतमा पुगेको छ।

८ प्रतिशत बढाएर ९ अर्ब ८ करोड चुक्ता पुँजी पुर्‍याएको बैंकको प्रतिशेयर आम्दानी १२.२८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij