२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हेटौंडमा ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु

हेटौंडमा ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु

695
Shares

हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौं‌डा– ३ स्थित बसामाडीको तीनताप्के भन्ने स्थानमा ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २ ह ३४६६ अटो बिहीबार ठोक्किँदा दुर्घटना भएको हो । मृत्यु हुनेमा अटोमा सवार दुई जना रहेका छन् । उनीहरुको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका अटो चालकको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij