२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एफवान सफ्टलाई दक्षिण पूर्वी एशिया व्यापार पुरस्कार

एफवान सफ्टलाई दक्षिण पूर्वी एशिया व्यापार पुरस्कार

1.5K
Shares

काठमाडौं– सफ्टवेयरको क्षेत्रमा अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेशनललाई दक्षिण पूर्वी एशिया व्यापार पुरस्कारबाट सम्मानित गरिएको छ। यो पुरस्कार बेलायतको अग्रणी बिजनेस पत्रिका एपीएसीले दक्षिण एशियाका व्यवसायहरूले विभिन्न क्षेत्रमा सिर्जना गरेको प्रभावका आधारमा हरेक वर्ष प्रदान गर्ने गर्दछ।

यो नेपाली कम्पनीले पहिलो पटक जितेको एक प्रतिष्ठित पुरस्कार हो। ‘हामी हाम्रो प्रयास अनुसार दक्षिण एशियाका प्रतिष्ठित कम्पनीहरू माझ अन्तराष्ट्रिय मान्यता प्राप्त भएकोमा गर्व गर्दछौँ,’ कम्पनीका अध्यक्ष विश्वास ढकालले भने, ‘विश्वलाई विशेषगरी कोरोना भाइरस महामारीको समयमा अझ नविन सिर्जना गर्ने कम्पनीहरूको आवश्यकता छ।’

अवार्ड संयोजक क्याथरिन बेन्टनले पनि एपीएसी इन्साईडरको तर्फबाट एफवान सफ्टलाई बधाई दिएका छन्। एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी हो। यसले इसेवा र फोनपे जस्ता मोबाईल मार्फत हुने भुक्तानी र मोबाईल बैंकिङ सेवाको विकास गरेको छ।

कम्पनीले ७ सय जनालाई रोजगारी प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij