२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रचण्डको सचिवालयका एक चालकलाई कोरोना संक्रमण

प्रचण्डको सचिवालयका एक चालकलाई कोरोना संक्रमण

1.7K
Shares

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा कार्यरत एक सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनलाई मंगलबार संक्रमण पुष्टि भएको हो । प्रचण्ड सचिवालय स्रोतका अनुसार नयाँ संक्रमित चालकले सचिवालयका सदस्यहरुले प्रयोग गर्ने गाडी चलाउँथे ।

यसअघि सचिवालयका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको थियो । त्यतिबेला उनको परीक्षण गरिएको थिएन । नयाँ संक्रमित भेटिएसँगै प्रचण्डका सचिवालय सदस्यहरुको कोरोना परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij