२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वरिष्ठ पत्रकार बलराम बानियाँ मृत भेटिए

वरिष्ठ पत्रकार बलराम बानियाँ मृत भेटिए

5.5K
Shares

काठमाडौं – सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ ।  मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
परिवारका सदस्यलाई फोटो देखाएर शवको सनाखत गरिएको हो ।
बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो ।
अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेउबाट स्वीच अफ भएको थियो ।

पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुन् । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij