२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गोंगबु हत्याकाण्ड : सामाजिक सञ्जालको दुरुपयोग,यौन शोषण र दवावको परिणाम

गोंगबु हत्याकाण्ड : सामाजिक सञ्जालको दुरुपयोग,यौन शोषण र दवावको परिणाम

4.3K
Shares

काठमाडौं – गोङ्गबु हत्याकाण्डमा यौन शोषण, सामाजिक सञ्जालको गलत प्रयोग र नाजायज दवाव मुख्य कारण देखिएको छ । दाङका कृष्णबहादुर बोहराको हत्या स्वीकार गर्दै गोङ्गबु बस्दै आएकी कल्पन मुडभरी पौडेलले नाङ्गो तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्ने र दवाव दिने गरे पछि हत्या गरेको वयान प्रहरीलाई दिएकी छिन । उनले स्लीपिङ ट्याबलेट खुवाएर हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।

दुई जना विच फेसबुककै माध्यमबाट चिनाजानी भएको पाइएको छ । हत्या पछि पौडेल एम्बुलेन्स चढेर चितवन गएकी थिइन । आइतबार राति प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याएको हो । महानगरिय प्रहरी परिसर र अपराध महाशाखाले पत्रकार सम्मेलन गरेर अभियुक्तलाई सार्वजनिक गरेको छ ।

घटनाको विस्तृत विवरण यस्तो छ :

“ बिभत्स हत्या गरी सुटकेशमा शरीरको भाग र झोलामा टाउको राखी फरार अभियुक्त पक्राउ”

घटना बिबरण :-
मिति २०७७।०४।२५ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा का.जि. टोखा नगरपालिका वडा नं. १० गोंगबु नवज्योति मार्गमा कालो रंगको सुटकेशबाट रगत जस्तो पदार्थ बगिरहेको भन्ने जानकारी प्राप्त भई खटिएको प्रहरी टोलीले उक्त सुटकेश खोली हेर्दा सुटकेशभित्र टाउको बिनाको मानिसको लाश रहेको देखि तत्काल महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाण्डौको संयुक्त प्रहरी टोली खटिएको ।

पक्राउ ब्यक्तिको बिबरणः-
(१)नामथर :- कल्पना मुडभरी (पौडेल)
वतन:- जि.चितवन कालिका न.पा. वडा नं. ७ घर भई हाल का.जि. टोखा नगरपालिका वडा नं. १० नवज्योति मार्ग बस्ने ।
उमेर :- ३७ बर्ष
पेशा :- गृहिणी/अभिनय (केही टेलिशृंखलामा)
पक्राउ मिति : २०७७।०४।२६ गते ।
पक्राउ स्थान : जि. चितवन कालिका न.पा. वडा नं. ९ शक्तिखोर स्थित माईती ।

अनुसन्धानबाट खुलेका तथ्यहरुः-
मिति २०७७।०४।२५ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा टोखा न.पा. वडा नं. १० नवज्योति मार्गमा रातो प्लाष्टीकले बेरेको, बोराको नाम्लो सहित कालो रंगको सुटकेश भित्र टाउको र खुट्टा बिनाको पुरुषको शव फेला परेको ।
तत्काल तालिम प्राप्त जो जो नामको Tracking Dog परिचालन गर्दा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा अन्दाजी ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमीनको कुनामा फेला परेको ।
मृतक पहिचानका लागि मिति २०७७।०४।२६ गते मृतकको फोटो सामाजिक संजाल तथा मिडिया मार्फत सार्वजनिक गरिएको ।
मिति २०७७।०४।२६ गते मृतकको मामा नाता पर्ने ब्यक्ति आई मृतकको सनाखत गरेको ।
मृतक जिल्ला रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबु स्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोरा भन्ने यकीन भएको ।
निज मृतक बिगत ८ महिना देखि उक्त होटलमा बस्दै आएको ।
मृतक र अभियुक्त बीच करिव ३।४ बर्ष देखि फेसबुक मार्फत चिनाजानी भई सम्पर्कमा रहेको ।
मृतक कृष्ण बहादुर बोहोरा अभियुक्तको कोठामा बेला बेलामा आई भेट्ने गरेको ।
मृतकले अभियुक्तको फोटो राखी फेक फेसबुक आई.डी. खोली चलाउने गरेको भन्ने बुझिएको र आफु अनुकुल चल्नको लागि दबाब दिने गरेको ।
मृतक घटनाको दिन आफु बसेको होटलबाट बा ७२ प ५६४४ नं. को स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा आएको ।
मृतकलाई अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान दिएको ।
शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्की आई बसेको ।
मिति २०७७।०४।२५ गते बेलुकी बिरामी लिएर काठमाण्डौ आई फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राईभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन तर्फ गएको ।
अनुसन्धानको क्रममा निज कल्पना मुडभरी (पौडेल) घटनामा संलग्न भएको र निजको छोरी शव ब्यबस्थापनमा संलग्न रहेको खुल्न आएकोले पक्राउको लागि प्रहरी परिचालन भएको ।
निजहरुलाई खोजतलाशको क्रममा जिल्ला प्रहरी चितवनको समन्वयमा पक्राउ गरिएको ।
हालसम्मको प्रारम्भिक अनुसन्धानमा Crime Scene, Victim & Suspect को बीचमा Technically & Physically सम्बन्ध स्थापना भएको तथा थप अनुसन्धान कार्य भईरहेको ।

घटनास्थलबाट बरामद भएका दशीका सामानहरु
घटनामा प्रयोग भएको धारिलो हतियार
हिर्काउन प्रयोग भएको ह्याम्मर
रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा
घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल
सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा
मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु
स्लिपीङ ट्यावलेटको खोल
मोबाईल सेटहरु

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij