काठमाडौँ – बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले घुस नखाने दुई प्रहरी हवल्दारलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा जिप्रका सिन्धुली र चितवनमा कार्यरत प्रहरी हवल्दार हुन् ।
ड्युटीमा बसेका प्रहरी कर्मचारीलाई विभिन्न प्रलोभन देखाई घुस रकम दिन खोज्ने व्यक्तिहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालय समेतले हालसम्म २३ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिसकेको छ । आर्थिक प्रलोभनमा परी आफ्नो जिम्मेवारी पूरा नगर्ने एक प्रहरी निरीक्षकसहित चार प्रहरी कर्मचारीलाई निलम्बन समेत गरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij