२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर दाङको घोराहीमा

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर दाङको घोराहीमा

1.8K
Shares

दाङ -ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। मालपोत कार्यालय, घोराहीका प्रमुख विनोद कुमार पौडेलले बैंकको ४०औँ एक्सटेन्सन काउण्टरको उद्धघाटन गरे।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गरेर दाङ जिल्लाको घोराही उप–महानगरपालिका वडा नं. १५ स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको बताएको छ।

बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो।

यो बैंकले २३४ एटिएम, ४० एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २०३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधी/सम्पर्क कार्यालयमार्फत ग्राहकहरुलाई सेवा दिदैं आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij