काठमाडौं – फैलँदो कोरोना संक्रमणको असर बैंकिङ क्षेत्रमा फेरि सुरु भएको छ । उपत्यका लगायत देशभर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा बैंकिङ क्षेत्रका कर्मचारीमा समेत त्यस्तो संक्रमण देखिन थालेपछि यो क्षेत्र फेरि प्रभावित हुन लागेको हो । आइतबारमात्रै उपत्यकास्थित एक बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको खबरपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई फेरि ‘वर्क फ्रम होम’ नीति तत्काल लागू गर्न निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र जारी गर्दै त्यस्तो निर्देशन दिएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij