२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौं उपत्यकामा ९२ सहित थप ३८० जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा ९२ सहित थप ३८० जनामा कोरोना संक्रमण

2.2K
Shares

काठमाडौं –आइतबार कोरोना भाइरसका तीन सय ८० जना संक्रमित थपिएका छन्। काठमाडौं उपत्यकामा ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ९० र ललितपुरका २ गरी उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार १ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमितको कुल संख्या ११ सय ३६ पुगेको हो । काठमाडौंमा ९ सय १२, ललितपुरमा १ सय ३९ र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा जनामा आठ हजार आठ सय १५ जनामा गरिएको पिसीआर परीक्षणका क्रममा ३ सय ८० जनामा कोरोना पुष्टि भएको हो।

अब नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ। गौतमले नेपालभर गरी क्वारेन्टिनमा ११ हजार ३८ जना रहेको बताए। विगत २४ घण्टामा कोरोना निको भएर ४० जना घर फर्किएका छन्। अहिलेसम्म १६ हजार तीन सय ५३ जना कोरोना निको भइसकेका छन्।

कोरोनाबाट नेपालमा ७५ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij