काठमाडौं – भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा जय शंकरले गौतम बुद्ध भारतीय भएको बताएका हुन् ।
‘हामीले महान भारतीय भनेर चिन्ने गौतम बुद्ध र महात्मा गान्धीलाई हो,’ भारतीय विदेशमन्त्री जयशंकरले भने, ‘हामीले मात्र होइन यी दुईलाई विश्वले नै महान भारतीयका रुपमा चिन्छ ।’
गौतम बुद्धको जन्म कपिलवस्तुको शाक्य परिवारमा राजा शुद्धोधन र रानी मायादेवीको पुत्रका रुपमा लुम्बिनीमा भएको इतिहासमा पढ्न पाइन्छ । रानी मायादेवी कपिलवस्तुबाट माइत देवदह जाने क्रममा लुम्बिनी वाटिकामा गौतम बुद्धको जन्म भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij