काठमाडौं – काठमाडौं टोखा नगरपालिका–१० गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ ।
घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली घटनास्थलमा पुगेका छन् ।
घटनास्थलमा प्रहरीको विशेष तालिमप्राप्त कुकरसमेत परिचालन गरिएको छ । शवलाई शव बाहनमा राखेर पोष्टमार्टम गर्न पठाइएको छ । शवको पहिचान भएको छैन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij