२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सात चिनी मिलले उखु किसानको पैसा चुक्ता गरे

सात चिनी मिलले उखु किसानको पैसा चुक्ता गरे

850
Shares

सात वटा चिनी मिलले उखु किसानको पैसा चुक्ता गरेका छन्। मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार इन्दुशंकर, महालक्ष्मी, इस्टर्न, महाकाली, इन्दिरा, भागेधर र बाबा बैजुनाथले उखु किसानको पैसा चुक्ता गरेका छन्। हिमालय, बाग्मती, एभरेष्ट र रिलायन्स सुगर मिलले भने किसानको खाता नभएकाले पैसा दिन नपाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले बताएको छ।

मन्त्रालयकी सहप्रवक्ता उर्मीला केसीका अनुसार श्रीराम, लुम्बिनी र अन्नपूर्ण मिलले अझै उखु किसानलाई पैसा दिएको छैन।
श्रीरामबाट २६ करोड ७७ लाख, लुम्बिनीबाट ८ करोड ११ लाख र अन्नपूर्णबाट अनुमानित ३७ करोड रूपैयाँ चुक्ता हुन बाँकी रहेको उनले जानकारी दिइन्।

‘सातवटा चिनी मिलले सबै चुक्ता गरे। चार वटा चिनी मिलले किसानको खाता नभएर चुक्ता गर्न पाएका छैनन्,’ उनले भनिन्, ‘श्रीराम र अन्नपूर्णले जग्गा बेच्न नपाएकाले चुक्ता गरेको छैन।’

उनकाअनुसार लुम्बिनी चिनी मिलले अझै सम्पर्कमा आएको छैन। यस मिलको हकवालाको निधन भएपछि यसबाट पाउनु पर्ने रकम उखु किसानले पाउन सकेका छैनन्।

उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा उखु किसाले काठमाण्डौं माइतिघरमा आन्दोलन गरेका थिए। केही साताको आन्दोलन पछि मन्त्रालयले माघभित्र पैसा चुक्ता गर्न लगाउँछौं भनेपछि आन्दोलन रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij