२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकले २५ ठाउँमा शाखा गाभ्ने

कुमारी बैंकले २५ ठाउँमा शाखा गाभ्ने

1.5K
Shares

काठमाडौं -कुमारी बैंकले देव: विकास बैंकलाई लिएपछि देशभर दुई दर्जन ठाउँका शाखा गाभ्ने भएको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै विभिन्न ठाउँमा रहेका शाखाहरु गाभ्ने जानकारी दिएको छ। देव: विकास बैंक र कुमारीका शाखा नजिकै परेका ठाउँमा गाभेर एकै ठाउँबाट सेवा दिने बैंकले जानकारी दिएको छ।

बैंकका अनुसार काठमाडौंको नक्साल, कोटेश्वर,बौद्ध,कालिमाटी,बानेश्वरमा देव: विकास बैंक र कुमारी बैंकका शाखामध्ये एकै ठाउँबाट सेवा दिने भएको हो।

त्यस्तै टहरि,धनगढी,पोखरा,बुटवल,वीरगञ्ज,नेपालगञ्ज,कावासोती,तुल्सीपुर,नारायणगढ,कोहलपुर,कुश्मा,कञ्चनपुर,नारायणपुर,
ठाकुरबाबा,जीतपुर,बनेपा,मेलम्ची,गैँडाकोट र खैरेनीमा शाखा गाभ्ने भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij