२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अब सिभिल मलका सामान ग्यापु डटकमबाट किन्न पाइने

अब सिभिल मलका सामान ग्यापु डटकमबाट किन्न पाइने

1.7K
Shares

काठमाडौं – अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमबाट सिभिल मलका पसलका सामान खरिद गर्न पाइने भएको छ। ग्यापुले सिभिल मलबाट सामान आपूर्ति गर्नका लागि सम्झौता गरेको छ। यो सम्झौताअनुसार भर्चुअल सिभिल मल ग्यापुमा उलब्ध हुने कम्पनीले जानकारी दिएको छ। ग्राहकहरुलाई घरमै निःशुल्क डेलिभरी गर्ने गरी सम्झौता भएको हो।

मलमा रहेका १५० भन्दा बढी पसलहरुको सामान अनलाइनमार्फत खरिद गर्ने ग्राहकले इसेवा, फोनपे, आइएमीपे, प्रभुपे, कनेक्ट आइपिएस्, सेलपेबाट भुक्तानी गर्नसक्ने छन्।

त्यस्तै बैंकले जारी गरेका कार्डबाट पनि भुक्तानी गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij