धनगढी- लालीमा नदीमा बगेर बेपत्ता भएका दुई बालकको शव फेला परेको छ। धनगढी उप–महानगरपालिकाको वडा नम्बर-१३ श्रीलंकामा पौडी खेल्न गएका बेला आइतबार मोहना नदीमा बगेका उनीहरूको मंगलबार शव भेटिएको हो।
कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव भेटिएको बताए।
बालकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij