२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आफैंलाई मट्टीतेल खन्याएर आगो लगाएका युवाको मृत्यु

आफैंलाई मट्टीतेल खन्याएर आगो लगाएका युवाको मृत्यु

1.4K
Shares

रुपन्देही– रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनमा मट्टीतेल खन्याएर आगो लगाएका युवाको मृत्यु भएको छ।
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले मंगलबार बिहान ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका थिए।
शरिरमा आगो लगाएपछि गम्भीर अवस्थामा उद्धार गरिएका उनको देवदह मेडिकल कलेजमा उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो।

शरिरको अधिकांश भाग जलेको कारण उनको उपचारको क्रममा विहान ९ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनले आफ्नै शरिरमा किन आगो लगाएका हुन् भन्ने खुल्न नसकेको र घटनाको अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij