काठमाडौं – नेपाल बैंकले नयाँ ब्याजदरमा कर्जा योजनाहरु सार्वजनिक गरेको छ। बैंकले सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच बर्षे अबधिका लागी ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको छ।
घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको बैंकले जानकारी दिएको छ।
बैंकले नयाँ लघु उद्यम कर्जा, सबृद्धि व्यवसाय कर्जा र घडेरी कर्जा योजनाहरु पनि ल्याएको छ। लघु उद्यम कर्जा तथा सम्बृद्ध व्यवसाय कर्जा को वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको छ।
सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार/व्यवसाय सञ्चालन तथा विस्तारको निमित्त लागि २५ लाख देखी ९९ लाखसम्म लघु उद्यम पाइने छ।
१ करोड देखी ३ करोडसम्मको चालु तथा स्थिर पूँजी ब्यबस्थापनका लागि सम्बृद्ध व्यवसाय कर्जा पाइने छ। घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको छ, जस्को वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तिय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसिय आवश्यकता पूरागर्न यो कर्जाको सुरुवात गरिएको बैंकले जानकारी दिएको छ।
घडेरी जग्गा कम्तिमा साढे दुई आना वा साढे चार धुरदेखी बढीमा एक रोपनी वा डेढ कट्ठासम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अबधि ५ बर्ष देखी २० वर्ष सम्म रहेको छ।
१८६ वटा शाखा, १२५ बटा एटिएम तथा २९ बटा एक्स्टेन्सन काउण्टर मार्फत् बैंकिङ्ग सेवा दिइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij