काठमाडौं – कर्मचारी सञ्चय कोषले आफूले प्रदान गर्ने गरेको सरल चक्र कर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका कर्जाको भुक्तानी अन्लाईन माध्यमबाट कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणाली मार्फत गर्ने व्यवस्थाको थालनी गरेको छ ।
यसरी गरिएको कर्जा भुक्तानीको संकलन सोझै हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआइसि एसिया बैंकमा रहेको कोषको तोकिएको खातामा हुनेछ ।
यस डिजिटल माध्यमबाट कर्जा भुक्तानीको व्यवस्थासँगै सञ्चय कोषका विभिन्न कर्जाहरुको भुक्तानी अन्लाईन माध्यम मार्फत कनेक्ट आइपीएस ई–पेमेन्टबाट सोझै यस प्रणालीमा आबद्ध ५५ वटा बैंक वित्तिय संस्थाहरुका खाताबाट गर्न सकिने छ भने अब देखी ग्राहकले कर्जा भुक्तानीका निम्ती कोषको कार्यालय वा बैंक काउन्टर सम्म पुग्नुपर्ने बाध्यता पनि रहने छैन ।
यसका निम्ति ऋृणील कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिन्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सक्नेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij