२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुनपा ६ ले गर्यो सामुदायिक बनमा बृक्षारोपण

बुनपा ६ ले गर्यो सामुदायिक बनमा बृक्षारोपण

3.2K
Shares

काठमाडौं– बुढानिलकण्ठ नगरपालिका वडा न. ६ को आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । समितिको निर्णय अनुसार वडामा अवस्थित सामुदायिक बन क्षेत्रमा आज बिहान बृक्षारोपण कार्यक्रम गरिएको वडा अध्यक्ष नविन केसीले जानकारी दिए। ‘वडालाई हरियाली बनाउन आफ्नो वरपर र घर घरमा उपयुक्त बोटबिरुवा लगाउ, स्वच्छ बाताबरण बिकासमा सहयोग गरौं’ भन्ने उद्देश्यका साथ आयोजना गरिएको अध्यक्ष केसीले स्पष्ट पारे । वडाको संयोजनमा जिल्ला वन कार्यालयबाट प्राप्त १२०० विरुवामा ५०० सामुदायिक बनमा रोपिएको छ भने बाँकी क्लव तथा स्थानियलाई सार्वजनिक ठाउँमा रोप्नमा लागि वितरण गरिएको वडा अध्यक्ष नविन केसीले जानकारी दिए । बृक्षारोपण कार्यक्रममा बागमती प्रदेशका सांसद दिपक निरौला, भिमसेन खत्री, बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेल, बुढानिलकण्ठ प्रहरी प्रभागका प्रमुख प्रहरी निरिक्षक भुपेन्द्र गिरिलगायत वडाका स्थानिय जनप्रतिनिधिको उपस्थिती रहेको थिया
। वडामा सक्रिय च्यासुण्डोल युवा क्लब, न्यु भिजन क्लब, राम सिता युवा क्लब सामुदायिक बनका पदाधिकारी, स्थानिय समाजसेवी, टोल सुधार र बिकास समिती, महिला समितीहरु र स्थानीयहरुको सहभागीतामा बृक्षारोपण गरिएको वडाले जनाएको छ ।

  

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij