भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको एउटा गाउँमा रक्सी बेच्ने पसलहरू बन्द भएकाले अल्कोहोलमा आधारित स्यानिटाइजर सेवन गरेपछि कम्तीमा १० जनाको ज्यान गएको छ।
बीबीसीका अनुसार कुरीचेडु नामक गाउँमा कोरोनाभाइरस सङ्क्रमण बढेका कारण लकडाउन गरिएको छ। जिल्लाका प्रहरी प्रमुख सिद्धार्थ कौशलले ती मानिसहरूले स्यानिटाइजरमा पानी तथा हल्का पेय पदार्थ मिसाएर पिएको बताए। उनका अनुसार ती मानिस पियक्कड थिए र तिनले मर्नुभन्दा १० दिन अगाडिदेखि त्यसरी स्यानिटाइजर पिउन थालेका थिए।
“ती स्यानिटाइजरमा अन्य विषालु पदार्थ पनि थिए कि भनेर हामी अनुसन्धान गरिरहेका छौँ,” उनले पत्रकारहरूलाई बताए। स्यानिटाइजरको नमुना रासायनिक परीक्षणका निम्ति पठाइएको उनले बताए। रोयटर्सले भनेको छ, “कतिपय रक्सी पिउने लत लागेका मानिसहरूले स्यानिटाइजर पिएका थिए, लकडाउनका कारण रक्सी उपलब्ध छैन। तर स्यानिटाइजर भने सजिलै पाइन्छन्।”
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij