२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुल्मीमा पहिरोले एकै परिवारका ४ को मृत्यु

गुल्मीमा पहिरोले एकै परिवारका ४ को मृत्यु

1.4K
Shares

काठमाडौं – शक्रबार साझ गुल्मीमा अविरल वर्षा ससँग आएको पहिरोको ढुङ्गाले किचेर ४ जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ को बम्घामा बोटेमाझी थरकि एक महिला सहित ४ जनाको मृत्यु भएको स्थानिय समाज सेवि नारायण पौडेलले जानकारी दिए ।

बिना माझी र उनका ३ सन्तानसहित ४ जनाकोको माथीबाट खासेको पहिरोको ढुङ्गाले किचेर मृत्यु भएको नेकपा जिल्ला कमिटी सदस्य समेत रहेका स्थानीयवासी पौडेलले बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी केदार राज पन्तले पनि ४ जनाको मृत्युको खवर आएको जानकारी दिए । उनले नाम विवरण खुल्न भने बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij