२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बारामा आइतबारदेखि निषेधाज्ञा

बारामा आइतबारदेखि निषेधाज्ञा

1.2K
Shares

बारा- बारामा आइतबारदेखि निषेधाज्ञा जारी गरिने भएको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको छलफलले कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नहुञ्जेल आइतबार बिहान ५ बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गर्दै आइतबारबाट अत्यावश्यक कामबाहेक कोही पनि नागरिक भेला हुन वा घरबाट बाहिर निस्कन नपाउने भनेको छ।

‘पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्गमा पर्ने सबै स्थानीय तहहरू, कलैया बजार क्षेत्र, पथलैया-वीरगन्ज औद्योगिक कोरिडोरमा पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, वरियापुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रमा निषेधाज्ञा जारी गरिने छ,’ सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij