२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबी बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता

एनएमबी बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता

990
Shares

काठमाडौं– एनएमबी बैंक लिमिटेड, सिप्रदी ट्रेडिङ्गबीच स्वरोजगारमूलक व्यवसायको दिगो विकास प्रवर्धन गर्न र सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा एनएमबी बैंककातर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र सिप्रदि ट्रेडिङ्गका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलियाले हस्ताक्षर गरेका हुन्।

यसअन्तर्गत महिला उद्यमशील कर्जा, वैदेशिक रोजगारबाट फर्केर यही उद्यम गर्न लागेका यूवाहरु, दलित तथा पिछडिएका समुदाय, शैक्षिक बेरोजगार यूवाहरुलाई लक्षित गरी सम्भाव्य उद्यमीहरुको पहिचान गर्ने रहेको छ।

साथै एनएमबी बैंकले योग्यता पुगेका उद्यमी र संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही सवारी साधन खरिद कर्जा प्रदान गर्ने सम्बन्धमा सहकार्य गर्ने लक्ष्य लिएको छ।

एनएमबी बैंकले १६९ शाखाहरु, ५ विस्तारित काउन्टरहरु र १३३ एटिएमहरु मर्फत ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij