२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जगदम्बा इन्टरप्राइजेजका सिइओसहित वीरगन्जमा तीन जना कोरोना संक्रमितको मृत्यु

जगदम्बा इन्टरप्राइजेजका सिइओसहित वीरगन्जमा तीन जना कोरोना संक्रमितको मृत्यु

1.6K
Shares

वीरगन्ज- बिहीबार एकैदिन वीरगन्जमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा जगदम्बा इन्टरप्राइजेजका सिइओ र दुई जना वीरगन्ज निवासी पुरुष रहेको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए।

६५ वर्षीय जगदम्बाका सिइओ भारतीय नागरिक हुन्। उनलाई लामो समयदेखि मुटुको समस्या रहेको डा. सिंहले बताए। उनी गत साउन ७ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए।

‘उहाँलाई बिहानै देखि अक्सिजन कमी भएपछि भेन्टिलेटरमा राखेका थियौं। तर उहाँको राति ११ बजेतिर मृत्यु भयो,’ उनले भने। बाँकी दुई जना मृतक पनि वीरगन्जकै हुन्। जसमा ३५ वर्षीय युवक र ७५ वर्षीय वृद्ध रहेका छन्। युवक गत बुधबार अस्पताल भर्ना भएका थिए।

उनमा केही दिनदेखि ज्वरोको समस्या देखिएको थियो। उनको पनि गण्डक अस्पतालमै उपचारको क्रममा मृत्यु भएको हो। अर्का ७५ वर्षीय वृद्धको भने घरमै मृत्यु भएको र पछि स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको डा. सिंहले जनाए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij