२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

1.6K
Shares

चितवन- चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ। पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा३ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा  सवार प्रदेश ३–०३–००१प६३२५ नंको स्कुटरलाई बसले बिहीबार साँझ ठक्कर दिएको थियो।

गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij