काठमाडौं -‘चेक रिपब्लिक पठाइदिने’ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले धादिङ निलकण्ठ नगरपालिका-१२ बस्ने २६ वर्षीय रमेश कमरलाई बुधबार बसुन्धराबाट पक्राउ गरेको हो।
उनले चेक रिपब्लिक पठाइदिन्छु भन्दै ११ लाख १३ हजार लिई सम्पर्कविहीन भएका थिए।प्रहरीले ठगी गरेको सूचना पाएपछि उनको खोजतलासी थालेको थियो।
प्रारम्भिक अनुसन्धानबाट उनले अन्य १५ जना व्यक्तिहरूबाट पनि विभिन्न देश पठाइदिन्छु भनि १८ लाख ठगी सकेको खुलेको छ। उनलाई महाशाखाले थप अनुसन्धानका लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij