२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विद्यालयलाई अब क्वारेन्टिन र आइसोलेसन सेन्टर बनाउन नपाइने

विद्यालयलाई अब क्वारेन्टिन र आइसोलेसन सेन्टर बनाउन नपाइने

2.1K
Shares

काठमाडौं– सरकारले अब विद्यालयहरूलई क्वारेन्टिन वा आइसोलेसन सेन्टरको रूपमा प्रयोग नगर्न निर्देशन दिएको छ। गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय प्रस्तुत गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले सो जानकारी गराएका हुन्।

‘विद्यालय परिसरमा क्वारेन्टिन र आइसोलेसन कार्य सञ्चालन गर्न पाइने छैन। साथै क्वारेन्टिन खाली भएका विद्यालयहरूलाई समेत निर्मलीकरण गरेर अध्यापन गर्न योग्य बनाउनुपर्छ,’ उनले भने।

सरकारले कोरोना रोकथाम र नियन्त्राणको लागि भारत लगायत तेस्रो मुलुकबाट आउनेहरूलाई राख्न छुट्टै क्वारेन्टिन अभाव भएपछि सामुदायिक विद्यालयहरुलाई नै प्रयोग गर्दै आएको छ।

पछिल्लो समय भने धेरै मानिस क्वारेन्टिन बसाइ सकेर घर फर्किएपछि खाली हुँदै गरेका विद्यालयहरूलाई अध्यापन सुरू गर्नलाई तयार पार्न सरकारले यस्तो निर्देशन दिएको हो। अहिले पनि कतिपय जिल्लाहरूमा विदेशबाट आएका व्यक्तिहरूलाई विद्यालयमै राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij