२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

4.7K
Shares

काठमाडौं- बिहीबार सुनको मूल्य झन्डै एक लाख पुगेको छ। आज तोलाकै ९९ हजार पुगेर सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। बुधबार प्रतितोला ९८ हजार ५ सयमा कारोबार भएको सुन आज ५ सयले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो। यसअघि सुनको उच्च मूल्य बुधबार थियो।

आज चाँदीको मूल्य १२ सय २५ रुपैयाँमा स्थिर छ। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको थियो। बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अघिल्लो दिन अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ५१ अमेरिकी डलरमा कारोबार भएको थियो।

कोरोना महामारी (कोभिड-१९)का कारण सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेकोले त्यसको प्रत्यक्ष असर नेपालमा समेत परेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij