२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौं उपत्यकामा १५ सहित थप २१० जनमा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा १५ सहित थप २१० जनमा कोरोना संक्रमण

1.5K
Shares

काठमाडौं – देशैभर बुधबार कोरोना भाइरसका २१० जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा बुधबार १५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २१० जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको संख्या १४६ रहेको उनले जानकारी दिए । उनका अनुसार हालसम्म १४ हजार २१ जना कोरोना निको भएका छन् । कुल कोरोना निको हुने संख्या ७२ दशमलव ७ प्रतिशत रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij