काठमाडौं– विश्व फोटो दिवस अगस्ट १९ लाइ मध्ये नजर गरेर फोटो पसल प्रालिले ‘कोभिड–१९ फोटो प्रतियोगीतामा’उत्साहजनक सहभागीता रहेको छ । प्रतियोगितालाई भब्य र व्यवस्थीत बनाउन आयोजक संस्था फोटो पसल प्रालिले अफिसियल रुपमा आधिकारिक पोष्टर पनि सार्वजनिक गरेको छ । प्रतियोगितामा उत्साहजनक सहभागीता भएसगैं प्रतियोगिताले प्रायोजकको साथ पाएको छ । प्रतियोगितालाई संयक डाइगोनिस्टिक मुख्य प्रायोजकको रुपमा रहेको छ ।
आम नेपाली नागरिकले यस प्रतियोगिमा सहभागि भै पुरस्कार र प्रमाण प्रत्रप्राप्त गर्न सक्ने उक्त संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
कोरोना भाइरस (कोभिड– १९) ले नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट के कस्तो सूचना, जनचेनता दिदै आइरहेको छ भन्ने कुराको संहग्र गर्ने उद्देश्यले वर्तमानमा यसले पारेको असर र प्रभावलाई इतिहासमा भावि पुस्तालाई दस्तावेजका रुपमा प्रस्तुुत गरी कोभिड १९ फोटो प्रतियोगिता फोटो पसल प्रालिले गर्न लागेको प्रतियोगिता संयोजक हरी पाण्डेले जानकारी दिए । यसका साथै अगस्ट १९ का दिन विश्व फोटो दिवसको अवसर पारेर फोटोग्राफी सम्बन्धी व्यवसाय एवं यस सम्वन्धि रुची राख्ने नेपाली नागरिकहरुलाई सम्मान गर्नु पनि रहेको संस्थाका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताए । कोभिड १९ संग सम्बन्धी फोटोलाई प्रमुखतामा राखेर नै फोटो समाबेश गरि प्रतियोगितामा आम नेपाली नागरिकले यसमा सहभागीता जनाउन सक्नेछन साथै देश तथा विदेशमा रहेका फोटोग्राफर, फोटो पत्रकार र फोटोग्राफी सम्बन्धी रुची राख्ने नेपालीहरुले समेत यस प्रतियोगितामा निशुल्क सहभागी हुन सक्ने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा सहभागी हुनका लागि फेसबुक पेजमा रहेको जिमेलमा ओरजिनल फाइल फोटो कम्तिमा पनि ठुलो साइजमा प्रिर्न्ट गर्न मिल्ने र आफैले खिचेकोमात्र पठाउनु पर्ने छ । यस प्रतियोगिताको बिजेता छनोटका लागि आयोजक कमिटिले वरिष्ट फोटोग्राफर, वरिष्ठ फोटो प्रत्रकार लगाएत ३ सदस्यिय निर्णायक मण्डल छनोट गरेको छ । प्रतियोगिताको प्रथम पुरस्कार रू २५ हजार, दोस्रो पुरस्कार रू१० हजार र तेस्रो पुरस्कार रू ५ हजार सम्मान स्वरूप प्रदान गर्ने निर्णय फोटा पसल प्रालिको छ भने साथै सम्पुर्ण सहभागीलाइ समेत आयोजक कमिटिद्दारा डिजिटल प्रमाण प्रत्रको व्यवस्था समेत गरिएको छ ।

यस प्रतियोगितामा सहभागीले पठाउनु भएको सम्पुर्ण फोटो आयोजक कमिटिले सहज परिस्थिति आए पछि फोटो अनलाइन वा अफलाइनमा प्रर्दशिनि गर्न फोटो पसलले पाउने छ भने यदि प्रतियोगि मध्येका कुनै फोटो विक्रि वितरण भएमा उक्त फोटोको विक्रि मुल्यको आधा रकम सम्वन्धित फोटोग्राफरले समेत पाउने कुरामा सहमति जनाउनु पर्ने संस्थाले जनाएको छ । साथै प्रतियोगिहरूले आफुले पठाउने फोटो प्रविधि प्रयोग गरी लाइट वा कलर चलाएर राम्रो बनाएर पठाउन सक्नु हुन्छ । फोटो यहि श्रावण ३१ गते शनिवार सम्म पठाइसक्नु पर्ने छ भने पठाउने फोटो कोभिड–१९ सम्वन्धि जनचेतना,सुचना एवं यसको प्रभावलाइ उजागर गराउने विषय वस्तुमा केन्द्रित हुनु पर्ने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij