२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महेन्द्रनगर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

महेन्द्रनगर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

1.6K
Shares

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरस्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । घरजग्गासम्बन्धी कारोबार तथा राजश्व संकलन कार्य सहज तथा व्यवस्थित होस् भन्ने उद्देश्यले मेगा बैंकले महेन्द्रनगरस्थित मालपोत कार्यालयमा एक्टेन्सन काउन्टर विस्तार गरेको हो । महेन्द्रनगर मालपोत कार्यालयका प्रमुख खेमराज खत्री र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको औपचारिक रुपमा उद्घाटन गर्नुभयो ।

बिभिन्न सरकारी कार्यालयमा एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि महेन्द्रनगरस्थित यातायात कार्यालयमा पनि एक्सटेन्सन काउन्टर विस्तार गरेको थियो ।

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको यो ३२ औं एक्सटेन्सन काउन्टर हो । मेगा बैंकको देशभर २०६ वटा शाखा र १४२ वटा एटीएम सञ्जाल छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij