२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौंका ८ सहित थप १३० जनामा कोरोना संक्रमण

काठमाडौंका ८ सहित थप १३० जनामा कोरोना संक्रमण

2.3K
Shares

काठमाडौँ – आइतबार कोरोनाका १ सय ३० जना संक्रमित थपिएका छन्। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८ सहित थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।   यीसहित मुलुकभर कुल संक्रमित हुनेको संख्या १८ हजार ६ सय १३ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ७५ जना निको भइ घर फर्किएका छन्। हालसम्म १३ हजार १ सय २८ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा निको हुनेको दर ७०. ५ प्रतिशत रहेको गौतमले बताए।

हालसम्म ३ लाख ४२ हजार ४ सय ५७ जनाको पिसिआर परीक्षण भएको छ। अब देशभर ५ हजार ४ सय ४० सक्रिय संक्रमित छन्। हालसम्म मृतक ४५ जनामा कोरोनाभाइरस देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij