२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बाजीमा लुडो खेल्ने ७ जना पक्राउ

बाजीमा लुडो खेल्ने ७ जना पक्राउ

2K
Shares

काठमाडौँ – के तपाईं लुडो खेल्दै हुनुहुन्छ ? यदि खेल्नुभएको छ भने प्रहरीको फन्दामा पर्नुहोला । सामान्य रुपमा घरमा समय बिताउन लुडो खेल्नु नौलो कुरा भने होइन ।

तर, पैसा नै राखेर बाजी खेल्न थालेको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त कालीमाटीले आइतबार ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४, सुनारगाउँमा लुडो खेल्ने र खेलाउने गरेको अभियोगमा ७ जनालाई पक्राउ गरिएको कालीमाटी वृत्तका प्रमुख रुगम कुँवरले जानकारी दिए ।

स्थानीय राजकुमार कार्कीले घरमा पाँच हजार रुपैयाँ लिएर लुडोको बाजी खेलाउने गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रमुख कुँवरले बताए ।
उनीहरुले ३० हजार रुपैयाँसम्मको बाजी खेल्ने गरेको पाइएको कुँवरले बताए । उनीहरुको साथबाट ८७ हजार ५० हजार रुपैयाँ पनि बरामद भएको छ । पक्राउ परेका सातै जनाविरूद्ध जुवा ऐनअनुसार म्याद थप गरेर अनुसन्धानन भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij