२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सहकारी संस्थाबाट ऋण लिनेलाई पनि राहत

सहकारी संस्थाबाट ऋण लिनेलाई पनि राहत

29.7K
Shares

काठमाडौं  – कोरोनाले व्यवसायीलाई पारेको असरलाई लक्षित गर्दै सहकारी विभागले नयाँ निर्देशन जारी गरेको छ। जसअनुसार कोरोनाबाट प्रभावित व्यवसायीको असुल हुन नसकेको ऋणको भाखा अवधि सहकारीले नै ६ महिना पछाडि सार्न सक्नेछन्।

२०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवा तथा ब्याजको अवधिलाई व्यवसायमा परेको असर मूल्याङ्कन गरी संचालक समितिले बढीमा ६ महिनासम्म भाखा सार्न सकिने व्यवस्था विभागले गरेको छ।

तर ६ महिनाभन्दा बढी १ वर्षसम्म नियामकको पूर्व स्वीकृति लिएर भाखा सार्न सकिने निर्देशनमा उल्लेख छ। त्यस्तै साँवा र ब्याजको भुक्तानी म्याद थप गरेबापत ऋणी सदस्यबाट ब्याज, अतिरिक्त शुल्क तथा जरिवाना लिन नपाउने व्यवस्था विभागले गरेको छ।

त्यसैगरी महामारीको समयमा संस्थामा जोखिम व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउन सञ्चालक समितिका पदाधिकारी संयोजक, र व्यवस्थापन प्रमुख सदस्य रहनेगरी कम्तीमा ३ जनाको जोखिम व्यवस्थापन कार्यदल गठन गर्न विभागले निर्देशन दिएको छ।

 

सहकारी संस्थाका लागि मार्गदर्शन एवं निर्देशनहरु यहाँ क्लिक गर्नुस्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij