२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१९ लाख ९१ हजार नगदसहित हुण्डी कारोबारी पक्राउ

१९ लाख ९१ हजार नगदसहित हुण्डी कारोबारी पक्राउ

1.4K
Shares

काठमाडौं – काठमाडौंमा शुक्रबार एकजना हुण्डी कारोबारी १९ लाख ९१ हजार नगदसहित पक्राउ परेका छन् । स्याङ्जा कालीगण्डकी गाउँपालिका-५ ताँप घर भई काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने ४० वर्षीय ढुण्डीराज न्यौपानेलाई प्रहरीले पक्राउ परेका हुन् ।

हुण्डी कारोवार भइरहेको सूचनाको आधारमा उपत्यकाका विभिन्न ठाउँमा जाँच गर्दा न्यौपानेलाई काठमाडौंको विशाल बजारबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेका न्यौपानेलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाइने महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij