२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बिनय कार्कीको ‘मायामा फँसे कि म…’ (भिडियोसहित)

बिनय कार्कीको ‘मायामा फँसे कि म…’ (भिडियोसहित)

1.8K
Shares

काठमाडौं–  साङ्गीतिक क्षेत्रमा डेढ दशक बिताइसकेका गायक, सङ्गीतकार तथा सङ्गीत संयोजक बिनय कार्कीको धेरै पछि एउटा आशा लाग्दो गीत ‘मायामा फँसे कि म…’ सार्बजनिक भयको छ । रियालिटी शो भ्वाइस अफ नेपाल सिजन-२ मा ‘भुमो’ गीतबाट निकै भाइरल भएर चर्चा कमाउन सफल बिनयले ‘मायामा’ बोलको गीत सार्बजनिक गरेर अझ धेरै स्रोता/दर्शकको माया पाउने आशा राखेको बताउछन ।

बिनयलाई यो गीतमा लोकप्रिय गायिका मेलिना राईले साथ दिएकी छन् । माया प्रेममा रहेर बनाइयको गीतमा सबिन लामाको शब्द रहेको छ भने सङ्गीत बिनय स्यम्कै रहेको छ । सङ्गीत सम्योजक भने शेलेन्द्र प्रधान बाबुको रहेको छ ।

‘मैले सधैँ जसो गाइरहेको गीतमा भन्दा केही फरक गीत आएको छ । यो गीतलाई पनि सबैले माया गरिदिनु हुन्छ भन्ने विश्वास लिएकी छु’ मेलिना राईले भनिन् । गीतको भिडियोमा गायक बिनय र अलिशा शर्मालाई फिचरिङ गरिएको छ ।

आशिस रानाको कोरियोग्राफर र निर्देशन रहेको गीतको भिडियोलाई पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेका छन् ।
सार्वजनिक गीतको टिकटक प्रतियोगीता पनि रहेको छ । टिकटको नजिता भने भाद्र १४ गते सार्बजनिक गरिने बताइएको छ । भाद्र १५ गते गायक बिनय कार्कीको जन्मदिनको अवसर मा बिजेतालाई उपहार र नगद रुपैयाँ ११ हजार एकसय ११ हस्तान्तरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij