२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

1.2K
Shares

धादिङ- भैँसी बचाउन जाँदा पहिरोले पुरिएर गए राति एक जनाको मृत्यु भएको छ। थाक्रे गाउँपालिका–६ रानीबारी कार्कीगाउँमा पहिरोमा पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।

राति गोठमाथीबाट पहिरो झर्न लागेपछि भैँसी फुकाउन जाँदा गोठमा पहिरोले थिचेर पन्थको ज्यान गएको हो। पहिरोले पुरेर एउटा भैँसी, एउटा बाख्रासमेत मरेको स्थानीयवासी हरि थापाले बताए।
यससहित जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij