२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेलपे सेवा र महालक्ष्मी लाइफ इन्सुरेन्सबीच सहकार्य

सेलपे सेवा र महालक्ष्मी लाइफ इन्सुरेन्सबीच सहकार्य

1.5K
Shares

काठमाडौं – सेलपे सेवाले महालक्ष्मी लाइफ इन्सुरेन्ससँग बीमा प्रिमियमको डिजीटल भुक्तानीको लागि सहकार्य गरेको छ। सहकार्य सम्झौतामा महालक्ष्मी लाइफ इन्सुरेन्सका उप प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्।

यस सहकार्यअन्तर्गत अब महालक्ष्मी लाइफका ग्राहकहरुले आफ्नो बीमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्नुपर्ने बाध्यता हटेको छ।
सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्नसक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij