२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उपत्यकामा ९ सहित थपिए १४७ जना कोरोना संक्रमिण

उपत्यकामा ९ सहित थपिए १४७ जना कोरोना संक्रमिण

1.9K
Shares

काठमाडौं – बिहीबार  १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । उपत्यकामा बितेको २४ घण्टामा थप ९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । संक्रमितमा भक्तपुरका २, काठमाडौंका ५ र ललितपुरका २ रहेका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज १४७ मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु  भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij