२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न पाइने

भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न पाइने

2K
Shares

काठमाडौं – भदौ १ गते देखि विद्यालयहरुले विद्यार्थी भर्ना लिन पाउने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन्।

त्यस्तै स्थगित भएका परीक्षाहरु पनि विद्यालयहरुले सञ्चालन गर्न पाउने भएका छन्। भर्ना प्रक्रिया तथा परीक्षा सञ्चालनका क्रममा सुरक्षाका मापदण्ड भने अपनाउनुपर्नेछ।

तर अध्ययन अध्यापन गर्नेगरी शैक्षिक संस्था, कलेज, ट्युसन क्लास भने सञ्चालन गर्न नपाइने उनले बताए। शैक्षिक संस्थाहरु सञ्चालन गर्नेबारे पछि निर्णय हुने उनले बताए। सरकारले मंगलबार मध्यरातिबाट लकडाउन करिब अन्त्य भएको घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij