२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यस्ता छन मन्त्रीपरिषद्‌का निर्णयहरु

यस्ता छन मन्त्रीपरिषद्‌का निर्णयहरु

2.5K
Shares

काठमाडौं – सरकारले कोभिड – १९ का कारण लगाएको लकडाउन औपचारिक रुपमा अन्त्य भएको घोषणा गरेको छ । मंगलवार नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले लकडाउन अन्त्य भएको जानकारी गराएका हुन । मन्त्रीपरिषको निर्णय यस्तो छ

क्र..

मन्त्रालय

निर्णयको संक्षिप्त ब्यहोरा

1.

यस वर्षको मनसुन सुरु भएसँगै भइरहेको अविरल वर्षाले ल्याएको बाढीपहिरो  डुबानका कारणजनधनको क्षतियातायातसञ्चार  विद्युत सेवा अवरुद्ध हुनुका साथै जनजीवन प्रभावित भएको   उक्तदु:खद्‍ घटनामा परी ज्यान गुमाउने मृतकहरूप्रति श्रद्धासुमन अर्पण गर्दै शोक प्रकट गर्नेप्रभावित शोकसन्तप्तपरिवारजनप्रति गहिरो समवेदना प्रकट गर्ने तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने 

घटनालगत्तै उद्धार  हेरविचार गर्नेराहत उपलब्ध गराउनेअस्पताल तथा स्वास्थ्य संस्थामा पुर्याउनसहयोग गर्नेउपचार गर्नेसुरक्षा दिनेसमाचार सम्प्रेषण गर्नेसमेतका कार्यमा स्वस्फुर्त रूपमा तत्कालै परिचालितभई प्राकृतिक विपदमा तदारुकताका साथ मानवीय सेवा उपलब्ध गराउन अमूल्य सहयोग पुर्याउने सुरक्षा निकायतथा सुरक्षाकर्मीहरूप्रशासनिक संयन्त्र  कर्मचारीहरूसरकारीनिजी  सामुदायिक स्वास्थ्य संस्थाकाचिकित्सकनर्सलगायतका स्वास्थ्यकर्मीहरूरक्तदाताहरूसंघप्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि तथापदाधिकारीहरूराजनीतिक दलका प्रतिनिधि तथा कार्यकर्ताहरूनिजी क्षेत्रका संघ संस्था तथा प्रतिनिधिहरूसञ्चार माध्यमलगायत सम्पूर्ण निकायजनशक्ति तथा आम जनसमुदायबाट भएको योगदानका लागि नेपालसरकारको तर्फबाट हार्दिक धन्यवाद दिने 

.सम्बन्धित सबै निकाय तथा जनशक्ति परिचालित भई तत्कालका लागि अत्यावश्यक राहतका कार्यहरूतदारुकताका साथ गर्ने 

घाइतेहरूको उपचारको सम्पूर्ण व्यवस्था सरकारले मिलाउने  घाइतेहरूको उपचारमा कुनै कमी कमजोरीहुन नदिने  घाइते भई अपाङ्ग तथा अशक्त हुनेहरू  मृतकका परिवारका सदस्यहरूलाई सरकारले यथोचितव्यवस्था गर्ने 

प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलिन नदिन औषधि उपकरणसहित थप स्वास्थ्यकर्मीहरूकोटोली तुरुन्त परिचालन गर्ने  विपद प्रभावित क्षेत्रमा यातायातविद्युतखानेपानीसञ्चारलगायतका अत्यावश्यकसेवाहरू सुचारु बनाउन  थप क्षति हुन नदिन सम्बन्धित निकायहरूले पूर्ण सतर्कता अपनाउने  आवश्यक कदमचाल्ने।

यातायात आवागमनलाई सुचारु गर्न रक्षागृह  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयहरूले समन्वयगरी आवश्यक  सम्भव कदम चाल्ने 

उद्धार  राहतलगायतका कार्यहरूमा आवश्यक सहयोग पुर्याउन जनप्रतिनिधिहरूलाई आग्रह गर्ने।

.   यस दुःखद् परिस्थितिमा सबै सरकारी निकायहरूनिजी क्षेत्रसामाजिक क्षेत्र तथा गैरसरकारी संघ संस्थाहरूलाईसमन्वयात्मक रूपमा परिचालन गरी विपद् प्रभावितहरूको उद्धारराहतउपचार एवं खाद्यान्न  बसोबासको प्रबन्धमिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने 

.   गृह मन्त्रालयको समन्वयमा विपद्बाट भएको क्षतिको विवरण यथाशीघ्र तयार गर्नेमूल्याङ्कन गर्नेतथ्य विवरणसहितको यथार्थ परिस्थिति स्पष्ट भइसकेपछि पुनर्स्थापना तथा पुनर्निर्माणलगायतका आवश्यक विषयकाविषयको थप आवश्यक निर्णय गर्ने 

2.

उद्योगवाणिज्य तथा आपूर्तिमन्त्रालय

औद्योगिक व्यवसाय ऐन२०७६ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी सोहीऐनको अनुसूचीमा देहायबमोजिम संशोधन गर्ने :-

(अनुसूची को क्रमसङ्ख्या १०पछि देहायको क्रमसङ्ख्या ११ थप गर्ने:-“११जलयात्रा (क्रुज)जलक्रिडा (वाटर इन्टरटेन्मेन्टतथा डुँगा सयर (बोटिङ्गगराउने।

(अनुसूची को क्रमसङ्ख्या ६४पछि देहायको क्रमसङ्ख्या ६५ गर्ने :- ६५लगानी (इन्भेष्टमेन्टकम्पनी 

3.

उद्योगवाणिज्य तथा आपूर्तिमन्त्रालय

देहायका वस्तुहरूको नेपाल गुणस्तर अनिवार्य गर्नेः

1. नेपाल गुणस्तर ३४४:२०७४ PVC Insulated Cable for Fixed Wiring with Copper Conductor,
2. नेपाल गुणस्तर ५४२:२०७४ Rubber Hose for Liquefied Petroleum Gas (LPG) 
3. नेपाल गुणस्तर १४१:२०७५ Galvanized Steel Sheets (Plain and Corrugated)
4.

ऊर्जाजलस्रोत तथा सिँचाइमन्त्रालय

नेपालमा उत्पादन भई खपत हुन नसक्ने अतिरिक्त विद्युत वा आन्तरिक उत्पादनमाकमी आई अपुग हुने विद्युत छिमेकी मुलुक भारत  बङ्गलादेश तर्फ वा ती देशहरुवाटबोलपत्र वा डेअहेडटर्मअहेड लगायत अल्पकालीन/मध्यकालीन/दीर्घकालीन रुपमाविक्री वा खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई खरिद वा बिक्रिका सम्पूर्ण चरणहरूको विद्युतिय अभिलेखसमेत राख्‍ने गरी पूर्वस्वीकृति प्रदान गर्ने।

5.

ऊर्जाजलस्रोत तथा सिँचाइमन्त्रालय

ऊर्जाजलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत विभिन्न ५० आयोजना/ कार्यक्रमका लागि .2077/078 मा आवश्यक पर्ने राजपत्रांकित श्रेणीका विभिन्न पदकाजम्मा ३६७ अस्थायी दरबन्दी स्वीकृत गर्ने।

6.

कानुनन्यायतथा संसदीयमामिला मन्त्रालय

प्रशासकीय अदालतको अध्यक्षमा श्री डिल्लीराज घिमिरे, अर्घाखाँचीसदस्यमा श्रीरीता मैनालीतेह्रथुम  श्री कृष्णप्रसाद पौडेलस्याङ्जालाई नियुक्त गर्ने

7.

कानुनन्यायतथा संसदीयमामिला मन्त्रालय

उच्च अदालतपोखराका रजिष्ट्रार श्री कृष्णप्रसाद पौडेलले आफ्नो पदबाटदिनुभएको राजीनामा स्वीकृत गर्ने।

8.

कृषि तथा पशुपन्छी विकासमन्त्रालय

नेपाल कृषि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।

9.

कृषि तथा पशुपन्छी विकासमन्त्रालय

श्री भोजराज सापकोटालाई नेपाल कृषि सेवाबाली संरक्षण समूहको रा.प्रथम(प्रा.) श्रेणीमा नियुक्ति दिई कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा अन्तर्गतपदस्थापन गर्ने।

10.

खानेपानी मन्त्रालय

खानेपानी मन्त्रालय अन्तर्गत संचालित १५ वटा संघीय खानेपानी तथा ढलव्यवस्थापन आयोजनाहरु  अन्य १२ वटा आयोजनाहरुमा .. 2077/078 माआवश्यक पर्ने राजपत्रांकित श्रेणीका विभिन्न पदका जम्मा २२३ अस्थायी दरबन्दीस्वीकृत गर्ने।

11.

गृह मन्त्रालय

मृतकहरु प्र.निअमिर कुमार दाहालराजेश साह  आनन्द साहको आश्रितपरिवारलाई राहत/क्षतिपूर्ति स्वरुप प्रति मृतक १० लाख उपलब्ध गराउने।

12.

गृह मन्त्रालय

विपद पीडित उद्धार  राहतसम्बन्धी (सातौं संशोधनमापदण्ड२०७७ स्वीकृत गर्ने।

13.

भौतिक पूर्वाधार तथा यातायातमन्त्रालय

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसडक विभाग  रेल विभाग अन्तर्गत .. 07778 मा सञ्चालन हुने विभिन्न 52 वटा आयोजना/योजनाहरुको निमित्तआवश्यक पर्ने राजपत्राङ्कित अधिकृतस्तरका 377 अस्थायी दरबन्दी स्वीकृत गर्ने।

14.

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

मन्त्रिपरिषद्को मिति २०७५।६।२८ को बैठकबाट साविक काठमाडौं नगर पञ्चायत वडा नं.१ जमलस्थित कित्ता नं.१२७० को ७-१५-३-३ रोपनी जग्गामा नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण गर्न स्वीकृति प्रदान गरिएकोमा अर्को निर्णय नभएसम्म उक्त भवन निर्माणको कार्य नगर्ने नगराउने।

15.

श्रमरोजगार तथा सामाजिकसुरक्षा मन्त्रालय

श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालित विभिन्नकार्यक्रमका लागि . २०७७/७८ मा आवश्यक पर्ने राजपत्रांकित अधिकृत वा सोसरहका ७१५ अस्थायी दरवन्दी स्वीकृत गर्ने।

16.

श्रमरोजगार तथा सामाजिकसुरक्षा मन्त्रालय

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न नेपाल न्यायसेवाकानून समूहका सहसचिव श्री कलानिधि पौड्याललाई प्रमुख निर्वाचनअधिकृत तोक्ने,

प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा रहने विभिन्‍न १९ जना कर्मचारीहरु रहने गरी निर्वाचन सम्पन्न नभए सम्मका लागि दरवन्दी स्वीकृत गर्ने,

प्रमुख निर्वाचन अधिकृतको कार्यालय काठमाण्डौमा स्थापना गर्ने  जिल्लाकोहकमा सो सम्बन्धी कार्य जिल्ला सरकारी वकिल कार्यालयले गर्ने। जिल्लासरकारी वकिल कार्यालयलाई थप जनशक्ती आवश्यक पर्ने भएमा सम्बन्धितनिकायसँग समन्वय गरी जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गर्ने।

17.

संस्कृतिपर्यटन तथा नागरिकउड्डयन मन्त्रालय

पर्यटन तथा सांस्कृतिक सम्पदा स्थापना  व्यवस्थापन गर्ने विधेयक तर्जुमाको लागिसैद्धान्तिक स्वीकृति दिने

18.

संस्कृतिपर्यटन तथा नागरिकउड्डयन मन्त्रालय

पर्यटन पूर्वाधार निर्माण तथा पर्यटकीय उपज विकास साझेदारी आयोजना(सञ्चालनकार्यविधि२०७७ स्वीकृत गर्ने

19.

स्वास्थ्य तथा जनसंख्यामन्त्रालय

मोरङ जिल्ला स्थित मंगलबारे अस्पताललार्इ प्रदेश नं. सरकार अर्न्तगत राखीव्यवस्थापन गर्ने।

20.

स्वास्थ्य तथा जनसंख्यामन्त्रालय

विश्वव्यापी महामारीको रूप लिएको कोभिड१९ को रोकथामनियन्त्रण  उपचारसम्बन्धमा देहायबमोजिम गर्ने गराउने गरी संक्रामक रोग ऐन, 2020 को दफा बमोजिम देहायको आदेश जारी गर्ने। सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्कगरी प्रकाशन गर्ने।

1. नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६ चैत  गतेको निर्णयअनुसार मिति२०७६ चैत ११ गतेदेखि शुरू भई विभिन्न मितिमा हेरफेर तथा थपघटसहितनेपालभर लागू रहेको बन्दाबन्दी (लकडाउनसम्बन्धी व्यवस्था मिति 2077 साउन 6 गते मङ्गलबार (तदनुसार 2020 जुलाई 21) मध्यरात पछि अन्त्य गर्ने।नेपालभर लागू रहेको बन्दाबन्दी (लकडाउनसम्बन्धी व्यवस्था बाहेककोभिड१९ को रोकथामनियन्त्रण  उपचार सम्बन्धमा गरिएका अन्य व्यवस्थायथावत कायम राख्ने।
2. जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्ने  संस्कृतिपर्यटन तथा नागरिकउड्डयन मन्त्रालयले तोकेका मापदण्डबमोजिम हुनेगरी देहायका सेवा तथाकार्यहरू मिति २०७७ साउन १५ गतेदेखि सञ्चालन गर्नेः
(1) होटलरेष्टुरेण्ट (सामूहिक भोजपार्टीसेमिनार वा अन्य सामूहिक भेलाहुने बाहेक)
(2) ट्रेकिङ्गट्राभलपर्वतारोहणलगायत पर्यटन व्यवसाय।
3. जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्ने गरी देहायका सेवा तथा कार्यहरूमिति २०७७ भदौ  गतेदेखि देहायबमोजिम सञ्चालन गर्नेः
(1) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्डबमोजिमहुनेगरी छोटोमध्यम  लामो दूरीमा जिल्लाभित्र तथा अन्तर जिल्लासञ्चालन हुने निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधनहरू;
(2) संस्कृतिपर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेकोमापदण्डबमोजिम हुनेगरी सो मन्त्रालयले तोकेका आन्तरिक तथाअन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडानहरू;
(3) अन्तर्राष्ट्रिय खेलकूदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल;
(4) विद्यार्थी भर्नाशैक्षिक  अन्य परीक्षा सञ्चालन।
4. देहायबमोजिमका सेवा  कार्यहरू अर्को सूचनाबाट तोकिएको मितिदेखिसञ्चालन गर्नेः
(1) शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र);
(2) सबै प्रकारका सभागोष्ठीतालीमसेमिनार;
(3) सबै प्रकारका प्रदर्शनभेला तथा सम्मेलन;
(4) सिनेमा हलपार्टी प्यालेसडान्सबारलगायतका मनोरञ्जन स्थल;
(5) सैलुन, ब्युटीपार्लर तथा स्पा;
(6) स्विमिङ पुलजिमखानालगायत हेल्थ क्लब;
(7) समूहमा खेलिने खेलकुद  खेलमैदानमा हुने प्रस्तुति;
(8) सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल;
(9) पुस्तकालयसङ्ग्रहालय  चिडियाखाना।
5. सबै प्रकारका सेवा तथा कार्यहरू सञ्चालन गर्दा दुई मिटरको सामाजिक दूरीकायम गर्नेमास्क प्रयोग गर्ने, पटकपटक साबुन पानीले हात धुने वास्यानिटाइजरको प्रयोग गर्नेलगायतका जनस्वास्थ्यका मापदण्ड  सुरक्षाकामापदण्ड अनिवार्य रूपमा पालना गरी सेवा  कार्यहरू सञ्चालन गर्ने।
6. व्यवसायीहरूले औषधी  औषधीजन्य सामग्रीहरूको नियमित आपूर्तिको व्यवस्थागर्ने। अभाव देखाई मूल्य वृद्धि गर्ने वा कालोबजारीजम्माखोरी गर्ने वा लुकाउनेवा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानूनबमोजिम नियन्त्रणमालिने, सामग्री जफत गरी रोगको रोकथाम  उपचारको कार्यमा उपयोग गर्ने।
7. संक्रामक रोग ऐन, 2020 को दफा 2 को उपदफा (बमोजिम जारी यसआदेशको कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्था मिलाउन नेपालराज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने  सो कार्य गर्दाआवश्यकताअनुसार स्थानीय प्रशासन ऐन, २०२८ कोसमेत प्रयोग गर्ने।
8. संक्रामक रोग ऐन, 2020 अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधापुर्याउने व्यक्तिलाई सोहि ऐनबमोजिम सजाय हुने
9. उपर्युक्त सेवा तथा कार्य सञ्चालन गर्दा सम्बन्धित मन्त्रालयले जनस्वास्थ्य सुरक्षा मापदण्डका आधारमा आफ्नो कार्यक्षेत्रभित्र पर्ने विषयहरूकोसम्बन्धमा आवश्यक प्रोटोकल जारी गरी लागू गर्नुपर्नेछ। परिस्थितिको समीक्षाएवं संक्रमणको जोखिम विश्लेषणका आधारमा उल्लिखित व्यवस्थामाआवश्यक हेरफेर एवं थपघट गर्न सकिनेछ।
21.

स्वास्थ्य तथा जनसंख्यामन्त्रालय

1. विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड१९ रोगको संक्रमणबाटसुरक्षित रहनका लागि छिमेकी मित्रराष्ट्रहरू लगायत अन्य मित्रराष्ट्रहरूलेचालेका प्रयास  अनुभवसमेतलाई ध्यानमा राखी यस क्षेत्रमा बसोबास गर्नेव्यक्तिहरूलाई सो रोगको संक्रमणबाट सुरक्षित राख् नेपालको अन्तर्राष्ट्रियसीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु  खुल्ला सीमानाको जुनसुकैस्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन 207 साउन  गते मङ्गलबारमध्यरातसम्मका लागि स्थगित गरिएकोमा हाललाई मिति २०७७ साउन 32 गतेआइतबा (तदनुसार २०२० अगष्ट 16) मध्यरातसम्मका लागि नेपालकोअन्तर्राष्ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु  खुल्लासीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन स्थगित गर्ने गरीनिरन्तरता दिने।

तर, नेपाल सरकारमन्त्रिपरिषद्को मिति 2077/2/12 को निर्णयबमोजिमजारी भएको “कोभिड१९ को विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्नअसहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाईस्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, 2077″ बमोजिम स्थल मार्गबाटनेपाल प्रवेश गर्न तोकिएका विन्दुबाट नेपाल प्रवेश गर्न दिने व्यवस्था मालसामानको ढुवानी व्यवस्थालाई यथावत कायम राख्ने। यो आदेशकोपालना नगरी सीमा नाकाबाट प्रवेश गर्ने गराउने  प्रवेश गरेका मानिसहरूलाईलुकाउने कार्य गरे गराएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने।

विश्वव्यापी महामारीको रूप लिएको कोभिड१९ को संक्रमणको रोकथामनियन्त्रणका लागि सरकारले संक्रामक रोग ऐन, 2020 को दफा  बमोजिमजारी गरेको आदेश जनताको जीवन रक्षाका लागि हो। हालसम्म यो आदेशकोपालना गरी साथ दिनुभएकोमा नेपाल सरकार सम्पूर्ण दिदीबहिनी तथादाजुभाइहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ। साथैसंक्रामक रोग ऐन२०२०को दफा  बमोजिम जारी गरिएको आदेश  नेपालको अन्तर्राष्ट्रिय सीमानामारहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु  खुल्ला सीमानाको जुनसुकै स्थानबाटहुनसक्ने यात्रुहरूको आवागमन स्थगित गर्ने कार्यको पूर्ण पालना गरी गराईसहयोग पुर्याउनु हुन नेपाल सरकार सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमाहार्दिक आग्रह गर्दछ 

22.

निजामती सेवा ऐन२०४९ को दफा १८ को उपदफा (बमोजिम गठित समितिको सिफारिसमा नेपाल सरकारकोनिजामती सेवाका राजपत्राङ्‍‌कित विशिष्ट श्रेणीका देहायका अधिकृतलाई देहायबमोजिम सरुवा गर्ने

क्र.सं.

नामथर

साविक पद  कार्यालय

सरुवा भएको पद  कार्यालय

1.

श्री हरिप्रसादबस्याल

प्रमुख सचिवमुख्यमन्त्री तथा मन्त्रिपरिषद्कोकार्यालयगण्डकी प्रदेश

सचिवसञ्चार तथा सूचना प्रविधिमन्त्रालय

2.

श्री तोयम राया

प्रमुख सचिवमुख्यमन्त्री तथा मन्त्रिपरिषद्कोकार्यालयबागमती प्रदेश

सचिवश्रमरोजगार तथा सामाजिकसुरक्षा मन्त्रालय

3.

श्री विष्णुप्रसादनेपाल

राजपत्राङ्कित विशिष्ट श्रेणीअतिरिक्त समूह

प्रमुख सचिवमुख्यमन्त्री तथामन्त्रिपरिषद्को कार्यालयगण्डकी प्रदेश

4.

डामानबहादुरबि.के.

राजपत्राङ्कित विशिष्ट श्रेणीअतिरिक्त समूह

प्रमुख सचिवमुख्यमन्त्री तथामन्त्रिपरिषद्को कार्यालयबागमती प्रदेश

5.

श्री टेकनारायण पाण्डे

प्रमुख सचिवमुख्यमन्त्री तथा मन्त्रिपरिषद्कोकार्यालयकर्णाली प्रदेश

सचिवभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

6.

श्री केदार न्यौपाने

सचिवभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

राजपत्राङ्कित विशिष्ट श्रेणी, अतिरिक्त समूह

23.

ढुङ्गागिटी तथा बालुवा उत्खनन्बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, 2077 स्वीकृत गर्ने

24.

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, 2076 स्वीकृत गर्ने 

25.

रोजगारीको हक सम्बन्धी (दोस्रो संशोधननियमावली, 2077 स्वीकृत गर्ने 

26.

सामाजिक सुरक्षा (पहिलो संशोधनऐन, 2077 को मस्यौदा संघीय संसदमा पेश गर्न स्वीकृत दिने

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij