२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोरोना प्रभावपछि अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विध्यार्थी भित्राउने घोषणा

कोरोना प्रभावपछि अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विध्यार्थी भित्राउने घोषणा

1.4K
Shares

कोरोनाभाईरसको कारण खस्कीदोे राष्ट्रिय अर्थतन्त्र र शैक्षिक उद्योगलाई मध्यनजर गर्दै अस्ट्रेलियन सरकारले अन्तर्राष्ट्रिय विध्यार्थीहरुको भिषा आवेदन खोल्ने तथा केहि अन्य सहलियत समेत प्रदान गर्ने निर्णय गरेको छ । अस्ट्रेलियन सरकारको चौथो ठुलो आम्दानीको श्रोतका रुपमा रहेको शैक्षिक उद्योगको हालत दिनानुदिन खराब बन्दै गएपछि अस्ट्रेलियन सरकारले अन्तराष्ट्रिय उडान सुरु हुने बित्तीकै विध्यार्थीहरुका लागि अस्ट्रेलियाको वाटो खुला गरिदिने निर्णय गरेको हो ।
खनिज र पर्यटन अनि शैक्षिक उद्योग अस्ट्रेलियाका आम्दानीका मुख्य श्रोत हुन । त्यसमा पर्यटनको शुन्यता अनि शैक्षिक उद्योगको खस्कदो अवस्थाले अस्ट्रेलियाको अर्थतन्त्रमै प्रभाव परेको देख्न सकिन्छ । जसका कारण धेरैपछि मुलुकमा आर्थिक मन्दीको घोषणा समेत गरिएको छ ।
सोमबार राती अस्ट्रेलियन आप्रवासन मन्त्री एलन टजले सो कुराको घोषणा गर्दै अन्तरािष्ट्रय सीमा खोल्ने बित्तीकै विध्यार्थीहरुको आगमन प्रारम्भ हुने बताएका छन ।
अस्ट्रेलिया बाहिर रहेका अन्तराष्ट्रिय विध्यार्थीहरु जसको भिषा समिएको छ उनिहरुका लागि पुन भिषा आवेदनमा समेत कुनै शुल्क नलाग्ने निर्णय गरिएको छ । यस्तै कोरोनाका कारण अस्ट्रेलिया बाहिर बसेर अनलाइन पढाइ गरिरहेका विध्यार्थीहरुका लागि पढाइपछि टीआरको ब्यवस्थापन गरिने भएको छ । कोरोनाका कारण अग्रेजी भाषा परिक्षा प्रभावित भएका विध्यार्थीहरुका लागि थप समय प्रदान गरिने निर्णय समेत सरकारले गरेको छ । पढाइ सकेर कोरोनाका कारण देश बाहिर अडकिएर बसेका विध्यार्थीहरुले अब बिदेशवाट पनि टीआर एप्लाइ गर्न सकिने व्यवस्था समेत गरिएको मन्त्री टजले बताएका छन । यो अत्यन्तै सकरात्मक शन्देश हो यसले विध्यार्थीहरुमा छाएको नैराश्यता केहि हदसम्म समाधान गर्ने प्रयास गरको छ, किंगस्टन इन्सिच्युटका निर्देशक दिपक खनालले निर्णयपछि प्रतिक्रिया दिदै भने । काम बिशेषले अस्ट्रेलिया छाडेका र उत्तै अडकिएका विध्यार्थी तथा नया आउन चाहनेहरुको लागि अब वाटो खुलेको छ , मात्र अन्तराष्ट्रिय उडान खुल्ने प्रतिक्षा रहेको छ , खनालले सुनाए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij